मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १६ शनिबार
  • Saturday, 01 August, 2026
२o८३ श्रावण १६ शनिबार १६:४१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागलुङ रास्वपाको सभापतिमा शर्मा र माझीको उम्मेदवारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण १६ शनिबार १६:४१:oo

गत जेठ २३ गते जिल्लाको गलकोटमा सम्पन्न भएको राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङको प्रथम जिल्ला अधिवेशन विवादमा भएपश्चात शनिबार बागलुङ बजारमा पुन: अधिवेशन सुरु भएको छ । रास्वपाको जिल्ला नेतृत्वका निम्ती वर्तमान उपसभापति एवं कार्यवहाक सभापती ढालेन्द्र माझी र पुनम प्रसाद शर्माबिच प्रतिस्पर्धा हुने भएको छ ।

शर्मा गत जेठमा गलकोटमा भएको अधिवेशनबाट सभापतीमा चयन भएका थिए । तर केन्द्रीय समितिमा कार्यसमितिको वैधानिकतामाथि विवाद उत्पन्न भएपछि रास्वपाको केन्द्रीय निर्वाचन आयोगले उक्त कार्यसमिति बदर गर्दै पुनः अधिवेशन गराउने निर्णय गरेको थियो । सभापतीका उम्मेदवार माझी र शर्माले पदाधिकारी र अधिकाशं सदस्यहरुमा आफ्नो प्यानल सहित मनोनयन दर्ता गराएको रास्वपाका एक नेताले जानकारी दिए ।रास्वपाको उपसभापतीमा खिमानन्द पौडेल र देवु बुढाथोकीले उम्मेदवारी दिएका छन । पौडेल मले माझी पक्षबाट उम्मेदवारी दिएका हुन भने बुढाथोकीले शर्मा पक्षका हुन ।

रास्वपाको सचिवमा लिलबहादुर खत्री (बबिन) र प्रकाश रिजाल रहेका छन खत्री माझी र रिजाल शर्मा पक्षका हुन् । त्यसैगरी सहसचिवमा हेमलाल उपाध्याय (बालकृष्ण) र कमलप्रसाद खरेलले उम्मेदवारी दिएका छन् । उपाध्याय  माझी पक्ष र खरेल शर्मा पक्षका रहेका छन ।  सदस्य पदमा खिमलाल जैसी सापकोटा, सुनिता विक, हुमकुमारी भण्डारी, ओमप्रसाद न्यौपाने र दुर्गा गौतम उम्मेदवार बनेका छन् ।

जिल्ला सदस्य तथा निर्वाचन क्षेत्र नं. १ संयोजकमा रामप्रसाद अधिकारी र यमकुमार मल्ल, जिल्ला सदस्य तथा निर्वाचन क्षेत्र नं. २ संयोजकमा हिमाल खत्री र कृष्णबहादुर नेपाली प्रतिस्पर्धामा छन्। यस्तै, निर्वाचन क्षेत्र नं. १ (ख) संयोजकमा लालबहादुर पाठक, निर्वाचन क्षेत्र नं.१(क) संयोजकमा टिकाराम सापकोटा तथा निर्वाचन क्षेत्र नं. २ सचिवमा दिपेन्द्र खत्री क्षेत्रीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । अधिवेशनमा जिल्लाका १० वटै स्थानीय तहबाट प्रतिनिधिहरूको सहभागिता रहेको छ ।