सिराहाको गोलबजार- ४, क्याम्पस चोकमा बिहीबार दिउँसो गोली लागेर मृत्यु भएका औरही गाउँपालिका- २, तुलसीपुर गाउँका करिब १७ वर्षका गणेश यादवको शव गाउँ ल्याउने तयारी गरिएको छ।
सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पाेस्टमार्टम गरी उनको शव गाउँ ल्याइने भएपछि अहिले सयौँको संख्यामा गाउँलेहरू गाउँनजिकै पर्ने सुखीपुर नगरपालिका- २, बाबा कुटीनजिक गागन खोलाकिनारमा भेला भएका छन्।
नेपाली सेनाको हेलिकोप्टरले शव ल्याएपछि गागन खोलामा जातीय परम्पराअनुसार दाहसंस्कार गरिने मावली हजुरवा नुजाई यादवले बताए।
शव ल्याउन मृतकका बाबु र आफन्त शनिबार धरान गएको स्थानीय गाउँलेले बताए। गणेश आफ्ना सहोदर दाजु कमलेशसँगै गोलबजारमा १२ कक्षामा पढ्दै थिए।