नेप्से ४१ अंकले बढ्दा साढे पाँच अर्बभन्दा बढीको सेयर कारोबार

सोमबार, ४ साउन, २०८३
डिजिटल संस्करण

लगातार पाँचौँ दिन उकालो लागेको नेप्से परिसूचक सोमबार १.५५ प्रतिशतले बढेको छ। नेप्से ४१.७० अंकले वृद्धि भएर दुई हजार ७१९.२४ विन्दुमा पुगेको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९० प्रतिशतले बढेको छ।

आज ३४३ कम्पनीका एक करोड २२ लाख ४५ हजार कित्ता सेयर पाँच अर्ब ५१ करोड २६ लाखमा किनबेच भए। अघिल्लो दिन नेप्से ७९ अंकले बढ्दा चार अर्ब ५७ करोडबराबरको सेयर कारोबार भएको थियो।

सोमबार म्युचल फन्ड ०.०२ अंकले घट्दा बाँकी १२ वटै समूहको सूचक वृद्धि भएको छ। उत्पादन तथा प्रशोधन समूह ३.२२ प्रतिशतले बढ्दा जलविद्युत् र अन्य समूहको वृद्धि दुई प्रतिशतभन्दा धेरै छ।

आज एभरेस्ट कलर र रिजलाइन इनर्जी १४ प्रतिशतभन्दा धेरैले बढ्दा श्रीनगर एग्रिटक करिब ११ प्रतिशतले बढेको छ। आत्मनिर्भर लघुवित्त, लक्ष्मी उन्नति कोष र आरबिबिएल डिबेन्चर २०८८ का लगानीकर्ताले क्रमशः ६, ५ र ४ प्रतिशतभन्दा बढी गुमाएका छन्।

सुझावित समाचार