पछिल्लो समय मुस्ताङको मुक्तिनाथ मन्दिर धार्मिक पर्यटनको मुख्य गन्तव्य बन्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बनेको मुक्तिनाथमा दैनिक हजारौँको संख्यामा पर्यटकको आवतजावत हुने गरेको छ । सडक सञ्जाल सहज भनेसँगै पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ ।
तर, मुक्तिनाथ मन्दिरमा नुहाउनका लागि चेन्जिङ रुम व्यवस्थित र राम्रो नहुँदा नुहाउन जाने धार्मिक पर्यटकहरूलाई समस्या हुने गरेको छ । भएका चेन्जिङ रुम पनि सानो र फोहोर भएकाले भक्तजनहरूले बाहिर नै कपडा फेर्नुपर्ने बाध्यता छ । बाहिर नै कपडा राख्न र फेर्नु पर्दा त्यहाँको वातावरण अस्तव्यस्त देखिएको थियो । व्यवस्थापनको कमजोरीका कारण आफूहरूले समस्या झेल्नुपरेको एक पर्यटकले गुनासो गरे ।
नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :
2026-05-06-11-17-11.jpeg)
2026-05-06-11-17-18.jpeg)
2026-05-06-11-17-35.jpeg)
2026-05-06-11-17-55.jpeg)
2026-05-06-11-18-09.jpeg)
2026-05-06-11-18-33.jpeg)
2026-05-06-11-18-51.jpeg)
2026-05-06-11-19-11.jpeg)
2026-05-06-11-19-27.jpeg)
2026-05-06-11-19-38.jpeg)
2026-05-06-11-20-12.jpeg)
2026-05-06-11-20-25.jpeg)