दोहोर्‍याएर पठाएपछि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पुनः सिफारिस गरेको संवैधानिक परिषद्सम्बन्धी (पहिलो संशोधन) अध्यादेश  राष्ट्रपतिले जारी गरेका छन् । 

सरकारले पठाएका आठ अध्यादेशमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा पुनर्विचार आवश्यक रहेको भन्दै राष्ट्रपतिले फिर्ता पठाएका थिए।  राष्ट्रपति पौडेलले आइतबार फिर्ता गरेको अध्यादेश सरकारले पुरानै स्वरूपमा अर्को दिन पुनः सिफारिस गरेपछि राष्ट्रपति  नैतिक संकटमा परेका थिए ।  

दोहोर्याएर आएको अध्यादेश फिर्ता गर्ने संवैधानिक व्यवस्था नरहेकाले राष्ट्रपतिले मंगलबार जारी गरेका हुन् । 

सुझावित समाचार