राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समिति सभापतिकाे उम्मेदवार टुंगो लगाएकाे छ ।
दलका नेता बालेन्द्र शाह (बालेन)काे अध्यक्षतामा बसेकाे संसदीय दलकाे बैठकले प्रतिनिधिसभाकाे १० वटा र दुईवटा संयुक्त समितिकाे नाम टुंग्याएकाे हाे । बैठकमा सभापति रवि लामिछानेले उम्मेदवारकाे नाम प्रस्तुत गरेका थिए । प्रस्तुत नामलाई बैठकले अनुमाेदन गरेकाे महामन्त्री कवीन्द्र बुर्लाकाेटीले बताए ।
उनका अनुसार कानुन समितिमा समीक्षा बास्काेटा, कृषिमा अशाेक चौधरी, पूर्वाधारमा आशिष गजुरेल, महिलामा आकृति अवस्थी, राज्य व्यवस्थामा हरि ढकाल, शिक्षामा डा. ओजस्वी शेरचन, अन्तर्राष्ट्रियमा सुम्निमा उदास, अर्थमा कृष्णहरि बुढाथाेकी, उद्योगमा रहवर अन्सारी रहेका छन् । संसदीय सुनुवाइ समितिमा बाेधनारायण श्रेष्ठ र राज्यका निर्देशक समितिमा गणेश कार्की उम्मेदवार रहेका छन् । लेखा समिति प्रमुख विपक्षी कांग्रेसलाई दिइएकाे छ ।