पर्यटक भिसामा युएई जानेको पासपोर्टमा रोजगार निषेध भनेर सर्त तोक्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृतमाथि छानबिन सुरु भएको छ। सरकारको नीतिविपरीत पासपोर्टमा ‘इम्प्लोयमेन्ट इज इस्ट्रिक्ली प्रोहिबेटेड’ लेखिएको थियो।
भिजिट भिसामा विदेश जानेमाथि अपमान भएको भनेर आलोचना भएपछि छानबिन थालिएको विभागले जनाएको छ। विभागका निर्देशक टीकाराम ढकालले बिहीबार सूचना जारी गर्दै भिजिट भिसामा जानेलाई ६ महिना अवधिको पासपोर्ट, भिसा र स्वघोषणाबाहेक अन्य केही नचाहिने उल्लेख गरिएको छ। सर्त तोकेर प्रस्थान अनुमति दिने अधिकृतमाथि आन्तरिक छानबिन थालिएको उनको भनाइ छ।
