सरकारी कार्यालयमा अनावश्यक रुपमा फाइल रोकिने प्रवृत्ति न्युनीकरण गर्न सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ मनाउने भएको छ। ३० चैतदेखि ७ बैशाखसम्म अभियान सुरु गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै निकायलाई निर्देशन दिइसकेको छ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार आसिफ शाहका अनुसार यसम्बन्धि मार्गदर्शनसमेत स्वीकृत भइसकेको छ। हरेक कार्यालयमा कार्यलय प्रमुखको नेतृत्वमा अभियान समन्वय समिति गठन गर्नुपर्ने छ।
हरेक दिन अभिलेखक राख्नुपर्ने भएकाले हरेक फाइलको ट्रयाकिङ हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
मार्गदर्शनअुनसार पेन्डिङका रहेका फाइलको विषयमा हरेक दिन समिक्षा गरी फर्छाैटको प्रक्रिया अघि बढाउनुपर्ने छ।
यस्तो त मार्गदर्शनः