त्रिविको फ्लडलाइटमा नेपाल र युएई खेल्ने

शुक्रबार, २७ चैत, २०८२
डिजिटल संस्करण

नेपाल र युएईबिचको अन्तर्राष्ट्रिय खेल त्रिवि क्रिकेट मैदानको फ्लडलाइटमा हुने भएको छ । शुक्रबार क्यानले युएईसँगको खेल त्रिवि मैदानमा हुने जनाएको छ । खेल साँझ ५ बजे हुनेछ । क्यानका अनुसार नेपालले अप्रिल २० र २१ गते युएईसँग टी–२०  खेल खेल्दै छ । 

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानपछि पहिलोपटक अन्तर्राष्ट्रिय खेल साँझमा हुन लागेको हो । पछिल्लोपटक क्यानले नेपाल प्रिमियर लिग फ्लडलाइटमा आयोजना गरेको थियो।

सुझावित समाचार