फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित गरेर निर्वाचन आयोगले राजनीतिक दलहरूलाई ६३ बुँदे निर्देशन दिएको छ। स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा निर्वाचन सम्पन्न गराउन आचारसंहिता पालना गर्नेलगायतका विषय समेटेर दलहरूलाई निर्देशन दिएको हो।
राजनीतिक दल तथा उम्मेदवारले फागुन ४ देखि १८ गतेसम्म मात्र प्रचारप्रसारका कार्यक्रम गर्ने, मतदातालाई मताधिकार प्रयोग गर्न वा नगर्नका लागि प्रभावित पर्ने कुनै कार्य गर्न नपाइनेलगायतका विषयहरू समावेश गरिएको छ।
विस्तृतमा हेर्नुस् आयोगकाे निर्देशन :