ओलीले गरे झापा ५ बाट उम्मेदवारी दर्ता

मंगलबार, ६ माघ, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओलीले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले झापा ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । ओली यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेा)ले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनी काठमाडौंको मेयरबाट राजीनामा दिएर झापा ५ मा उम्मेदवार बनेका हुन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमालेका अध्यक्ष ओलीले देशभरमा एमालेको प्रतिस्पर्धा नभएको बताए ।

विगतमा कांग्रेस माओवादीलगायतका दलले गठबन्धन गर्दा पनि एमालेलाई पराजित गर्न नसकेको उनको भनाइ छ । देशभर धाँधलीरहित निर्वाचन हुनेमा भने आशंका गरे । ओलीले झापा ५ मा आफूसँग कानुनी रूपमा प्रतिस्पर्धी देखिए पनि आफूको अरूसँग प्रतिस्पर्धा नहुने बताए ।

झापामा एमालेले विगतमा राप्रपासँग तालमेल गर्दै आएको छ । यसपटक पनि तालमेल हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने हेरौँ । उनले यसअघि रास्वपा र एमालेका कार्यकर्ताबिच भएको झडपको विषयमा प्रतिक्रिया दिँदै रास्वपा कार्यकर्ताले अवरोध गर्दा सामान्य विवाद भएको बताए । 

सुझावित समाचार