एमालेले गाेरखा २ बाट चक्रे मिलनसहित तीनजनाको नाम सिफारिस गर्‍यो

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण

नेकपा एमालेले गुन्डागर्दी र आपराधिक पृष्ठभूमिका चक्रे मिलन (मिलन गुरुङ)लाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेको छ। गोरखा क्षेत्र नम्बर २ बाट एमालेले गुरुङसहित तीनजनाको नाम सिफारिस गरेको हो। 

निर्वाचन क्षेत्र समन्वय समितिको शुक्रबार सम्पन्न बैठकले गुरुङसँगै शशिकला पोखरेल र बाबुराम थापाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको एमाले गोरखाका जिल्ला सचिव काजीराम रोकाले जानकारी दिए। समितिले सिफारिस गरेको तीनजनाको नाम जिल्ला कमिटीले रायसहित प्रदेश कमिटीमा पठाउने रोकाले बताए।

०५० सालदेखि नेकपा एमालेमा सक्रिय रहँदै आएका गुरुङ यसअघि ०७९ सालमा समेत सोही क्षेत्रबाट सिफारिस भएका थिए। तर, पछि टिकट भने पाएनन्। गोरखा सिरानचोक गाउँपालिका– ५ छोप्राक घर भएका उनी हाल काठमाडौंको महाराजगन्जस्थित चक्रपथ क्षेत्रमा बस्दै आएका छन्।
 

सुझावित समाचार