पाँचौँपटकमा पनि संसद् भवनको काम अधुरै [तस्बिरहरू]

बिहिबार, १७ पुष, २०८२
डिजिटल संस्करण

सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संघीय संसद् भवनको पाँचौँपटक थपिएको ठेक्का अवधि आज बिहीबारदेखि सकिएको छ। तर, भवनको भौतिक प्रगति ८९ प्रतिशत मात्रै छ।

१ असोज ०७६ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी शिलान्याश गरेको संसद् भवन ६ वर्ष बितिसक्दा पनि निर्माण पूरा नभएको हो।

सहरी विकासमन्त्री कुलमान घिसिङले आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेर पुसभित्रै निर्माण सम्पन्न गर्न निर्देशन दिए पनि निर्माण कार्यले गति लिन सकेको छैन।

तस्बिरमा हेर्नुस् संसद् भवनकाे अवस्था :

सुझावित समाचार