समानुपातिक बन्दसूची बुझाउने म्याद पाँच दिन थपिदिन प्रधानमन्त्रीसँग देउवाको अनुरोध

शनिबार, १२ पुष, २०८२
डिजिटल संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवाले २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिक बन्दसूची बुझाउने समय पाँच दिन थपिदिन प्रधानमन्त्री सुशीला कार्कीलाई अनुरोध गरेका छन्। 

निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री कार्कीले बालुवाटारमा बोलाएको शीर्ष नेताको बैठकका क्रममा देउवाले पार्टीको महाधिवेशन तयारीका कारणले बन्दसूची टुंग्याउन नसकिएको भन्दै समय थपिदिन अनुरोध गरेको स्रोतले बतायो। ‘सभापतिज्यूले समानुपातिक बन्दसूची बुझाउने म्याद पाँच दिन थपिदिनुपर्यो भनेर अनुरोध गर्नुभयो,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीजीले यो कुरा यसअघि प्रमुख आयुक्त र आयुक्तहरूकै अगाडि कांग्रेसकै तर्फबाट आएको र प्रमुख आयुक्त र आयुक्तहरूले समय हेरफेर गर्दा निर्वाचन नै तलमाथि होला कि भनेर गर्न नसकिने भन्नुभएको छ, तैपनि रिक्वेस्ट गरौँला भन्नुभयो।’ 

नेकपा संयोजक प्रचण्डले आफ्नोमा कुनै समस्या नभएको, तर अरूलाई सहज हुन्छ भने पाँच दिन थपिदिए हुने राय दिएका थिए।  

निर्वाचन आयोगले बन्दसूची बुझाउने समय १३ र १४ पुसमा तोकेको छ।
 

सुझावित समाचार