भोलिदेखि माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता

१२ विद्यामा नेपालसहित चार देशका १६० खेलाडीले प्रतिस्पर्धा गर्ने

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण

पर्यटकीय नगरी पोखरामा शुक्रबारदेखि २२औँ संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता ०८२ हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छे बंैकको मुख्य प्रायोजनमा ११ देखि १५ पुससम्म प्रतियोगिता हुन लागेको हो । 

पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रतियोगितामा मेन्स तथा वुमेन्सतर्फ सिंगल्स र डबल्स तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्षमाथि गरि १२ विद्यामा प्रतिस्पर्धा हुने आयोजक संघका सचिव एंव प्रतियोगिता संयोजक विश्वराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार प्रतियोगितामा नेपालसहित चार देशका १६० जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

आयोजक संघका अध्यक्ष राजकुमार गुरुङका अनुसार प्रतियोगिताअन्तर्गत ओपनतर्फ मेन्स तथा वुमेन्स सिंगल्स विजेताले ८०, उपविजेताले ४० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद २० हजार रुपैयाँ र मेडल पाउनेछन् । मेन्स तथा वुमेन्स डबल्सतर्फ विजेताले ३०, उपविजेताले १५ हजारसहित ट्रफी पुरस्कार पाउँदा सेमिफाइनलिस्टले १० हजार र मेडल पुरस्कार पाउनेछन् ।

३५ वर्ष माथिको सिंगल्स विजेताले ६०, उपविजेताले ३० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले १५ हजारसहित मेडल पुरस्कार प्राप्त गर्नेछन् । ३५ वर्षमाथिको डबल्स विजेताले २०, उपविजेताले १० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले १० हजारसहित मेडल पुरस्कार प्राप्त गर्नेछन् । ४५ वर्षमाथिको सिंगल्स विजेताले ४०, उपविजेताले २० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले १० हजार र मेडल पुरस्कार प्राप्त गर्नेछन् । ४५ वर्षमाथि डबल्स्को विजेताले २०, उपविजेताले १० हजारसहित ट्रफी पुरस्कार पाउनेछन् । ५५ वर्षमाथिको सिंगल्स विजेताले ३०, उपविजेताले १५ हजारसँगै ट्रफी पाउँदा सेमिफाइनलिस्टले १० हजारसहित मेडल, ५५ वर्षमाथि डबल्स् विजेताले २०, उपविजेताले १५ हजारसँगै ट्रफी पाउँदा सेमिफाइनलिस्टले १० हजारसहित मेडल पुरस्कार प्राप्त गर्नेछन् ।

६५ वर्षमाथि सिंगल्सतर्फका विजेताले १५, उपविजेताले सात हजार पाँच सय र ट्रफी पाउँदा सेमिफाइनलिस्टले दुई हजार पाँच सय र मेडल, ६५ वर्षमाथि डबल्स्को विजेताले १० र उपविजेताले पाँच हजारसहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछन् ।
 

सुझावित समाचार