Skip This
जवाङखोलाको पहिरो पन्छाएर पृथ्वी राजमार्ग सञ्चालन, तर मुग्लिन-नारायणगढ सडकमा फेरि पहिरो
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 23 September, 2025
तुइन खोला पुल नजिकको पहिरो
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जवाङखोलाको पहिरो पन्छाएर पृथ्वी राजमार्ग सञ्चालन, तर मुग्लिन-नारायणगढ सडकमा फेरि पहिरो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१o:oo

सुक्खा पहिरो खस्दा सोमबार मध्यरातिबाट अवरुद्ध पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन सडकखण्ड मंगलबार दिउँसोबाट सञ्चालनमा आएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका– १०, जवाङखोला (बाँदरे मोड)मा खसेको सुक्खा पहिरो पन्छाएपछि दिउँसो ३ बजेबाट नागढुंगा–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको हो।

तर, मुग्लिन–नारायणघाट सडकको तुइनखोला पुलनजिकै फेरि पहिरो खसेपछि दिउँसो १ बजेबाट सडक आवागमन दुईतर्फी बन्द छ। निरन्तर ढुंगा झरेको कारण उपकरण सञ्चालन गरी पहिरो हटाउन समस्या रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

यो सडकको पहिरो पन्छाएर सोमबार साँझ मात्र दुईतर्फी सञ्चालनमा ल्याएको थियो। तर, राति नै पहिरो खस्दा केही समय अवरुद्ध भए पनि एकतर्फी सञ्चालनमा ल्याइएको सडकमा दिउँसो फेरि ठुलो पहिरो खसेको हो। राजधानी काठमाडौंलाई जोड्ने मुख्य नाकामा निरन्तर पहिरो खस्न थालेपछि दसैँको मुखमा यात्रा कठिन बनेको छ।