Skip This
खाँदबारी नगरपालिकामा कर्मचारीलाई कामकाजबाहेक सवारीसाधन लैजान रोक 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 23 September, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १६:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खाँदबारी नगरपालिकामा कर्मचारीलाई कामकाजबाहेक सवारीसाधन लैजान रोक 

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १६:o९:oo

संखुवासभाको सदरमुकाममा रहेको खाँदबारी नगरपालिकाले मितव्ययिता अपनाउँदै सरकारी सवारीसाधनहरू कामकाजबाहेक लैजान रोक लगाएकाे छ ।

मंगलबार खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले नगरपालिकाको आन्तरिक स्रोत, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानले समेत चालू खर्च धान्न सक्ने अवस्था नआएको हुँदा मितव्ययिता अपनाउँदै र नगरवासीहरूको जनचाहनाअनुसार यही असोज महिनादेखि लागू हुने गरी नगरपालिकाको नाममा रहेको सम्पूर्ण सवारीसाधनहरू कार्यालयमा नै राखी कार्यालयको कामको प्रयोजन खुलाएर लकबुक भरेर मात्रै सवारीसाधन लैजाने व्यवस्था मिलाउन प्रमुख प्रशासकीय अधिकृत पदमप्रसाद बजगाईंलाई निर्देशन दिएका छन् । 

खाँदबारी नगरपालिकाको सवारीसाधनमा व्यापक दुरुपयोग रहेको भन्दै नगरवासीहरूले पटक–पटक आवाज उठाउँदै आएका थिए । नगरका जुनसुकै तहका कर्मचारीले समेत नगरको सवारीसाधन घर लैजाने, अन्यत्र घरायसी कामकाजमा समेत लैजाने गरेको भन्दै व्यापक रूपमा आवाज उठेको थियो । जेन–जी युवाहरूले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा समेत स्थानीय सरकारले मनपरी ढंगले सवारीसाधन दुरुपयोग गर्ने गरेको भन्दै कुरो उठेको थियो । 

सवारीसाधनको बढ्दो दुरुपयोग रोक्न मेयर थपलियाले सकारात्मक कदम चालेको भन्दै स्थानीयले प्रशंसा गरेका छन् । स्थानीय सरकारले नगरवासीको भावना र आवाज सुनेर नगरको विकास गर्नुपर्ने स्थानीयको भनाइ छ ।