Skip This
धनकुटामा पिकअप भ्यान र मोटरसाइकल एक–आपसमा ठाेक्किँदा आमा–छोरा घाइते
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ७ मंगलबार
  • Tuesday, 23 September, 2025
२o८२ असोज ७ मंगलबार १६:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटामा पिकअप भ्यान र मोटरसाइकल एक–आपसमा ठाेक्किँदा आमा–छोरा घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असोज ७ मंगलबार १६:o५:oo

धनकुटा बजारमा आज दिउँसो पिकअप र मोटरसाइकल एक–आपसमा ठाेक्किँदा आमा–छोरा घाइते भएका छन् । दिउँसो करिब १ः३० बजे धनकुटा नगरपालिका– ६, गोकुण्डेखोलानजिक दुर्घटना भएको थियो । 

उक्त दुर्घटनामा मोटरसाइकलचालक धनकुटा नगरपालिका– ६ का ५१ वर्षीय लोकमणि घिमिरे र पछाडि सवार ७६ वर्षीया पार्वती घिमिरे घाइते भएको प्रहरीले बताएको छ । उनीहरू आमा–छोरा हुन् । दुर्घटनालगत्तै उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको भए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले बताएको छ ।

घाइते पार्वतीको टाउकोमा गम्भीर चोट लागेको छ । भीमनारायण चोकबाट धनकुटा नगरपालिकातर्फ जाँदै गरेको को.१च ९९३८ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको को.२६प ७७७ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएका थिए। उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।