Skip This
दसैँमा सामसङका दुई फ्ल्यागसिप फोनकाे मूल्य घट्यो
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 23 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १५:oo:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दसैँमा सामसङका दुई फ्ल्यागसिप फोनकाे मूल्य घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:oo:oo

दसैँलाई लक्षित गर्दै सामसङ नेपालले फोल्डेबल फोनहरूको मूल्य घटाएको छ। कम्पनीले ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ फोनमा क्यासब्याक दिएको हो।

यी फोनहरूमा क्षमता पत्ता लगाउनुको साथै ५०,००० सम्मको क्यासबेक पाउन सक्छन्। जी फोल्ड ६ मा ५० हजार र जी फ्लिप ६ मा ४० हजारसम्म क्यासब्याक पाइनेछ।

यस्ताे छ नयाँ मूल्यसूची :

मोडेल अघिल्लो मूल्य नयाँ मूल्य क्यासब्याक
जी फोल्ड६ (१२+५१२ जिबी) २,२९,९९९ १,७९,९९९ ५०,०००
जी फोल्ड६ (१२+२५६ जिबी) २,१४,९९९  १,६४,९९९ ५०,०००
जी फ्लिप६ (१२+२५६ जिबी) १,३९,९९९  ९९,९९९ ४०,०००

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित रूपान्तरणकारी प्रविधि सबैका लागि सुलभ हुनुपर्ने बताउँदै भन्छन्, ‘यस दसैँमा, हामी केवल विशेष मूल्य मात्र प्रदान गर्दैनौँ। हामी सबैलाई हाम्रो अभूतपूर्व ग्यालेक्सी शृंखलाको अनुभव गर्न निम्ता गर्दछौँ।’

यसका अतिरिक्त नेपालभरिका प्रमाणित सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवामार्फत यी स्मार्टफोनहरू शून्य प्रतिशत ब्याजमा सजिलो इएमआईमा पाउन सकिनेछ। जसमा अब पूर्ण मन शान्तिका लागि १८ महिनाको यन्त्र बिमा पनि समावेश छ। यस प्रक्रियाका लागि केवल नागरिकताको प्रमाणपत्र भए पुग्छ।