Skip This
पहिरोले धनकुटाका नौ घरपरिवार जोखिममा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 23 September, 2025
Invalid date format १४:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले धनकुटाका नौ घरपरिवार जोखिममा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:o७:oo

केही दिनदेखिको लगातार वर्षाका कारण आएको पहिरोले धनकुटाको साँगुरीगढी गाउँपालिका– ६, मुक्तेनका नौ घरपरिवार जोखिममा परेका छन्। भेडेटार–राजारानी–रवि–राँके सडक निर्माण गर्ने क्रममा माथिबाट निरन्तर पहिरो खसिरहने र मुक्तेनमा गएको पहिरोका कारण जमिन बगिरहँदा तत्काल नौ घरलाई अन्य सुरक्षित स्थानमा सार्नुपर्ने भएको हो ।

त्यसका लागि साँगुरीगढी गाउँपालिकाले उच्च जोखिममा परेका सबै घर परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया सुरु गरेको बताएको छ । साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, ६ नम्बरका वडाध्यक्ष यमप्रकाश मगर, इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायब निरीक्षक रमेश प्रधानको कमान्डमा खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा छिमेकीहरूको घरमा स्थानान्नतरण गर्ने कार्य सुरु गरिएको छ ।

पहिरोले साँगुरीगढी गाँउपालिका– ६, मुक्तेनका केवलप्रसाद मगरको ढुंगा माटो र टिनको छानोले बनेको दुईतले घर पूर्ण रूपमा क्षति भएको छ। हाल नजिकै अस्थायी टहरा बनाई  परिवारलाई बसोबास गर्ने व्यवस्था मिलाइएको छ। त्यस्तै, मोहन मगरको ढुंगा माटो र टिनको छानोले बनेको दुई तले कच्ची घर, भान्साको विभिन्न भागमा चर्किएको छ। अहिले उनीहरू त्यही घरमा बसिरहेका छन् । उनीहरुलाई अन्यन्त्र सार्ने प्रक्रिया अगाडि बढाएको छ भने विष्णुबहादुर मगरको दुईतले घरको पनि विभिन्न भागमा चर्किएर पहिरोको उच्च जोखिममा रहेको बताइएको छ ।

यता सोही स्थानका कुमारी मगरको दुईतले कच्ची घर, राजकुमार मगरको दुईतले कच्ची घर, भीमबहादुर मगरको एकतले घर, प्रेमबहादुर मगरको एकतले कच्ची घर, रणबहादुर मगरको दुईतले घर र ज्ञान रानाको घर पनि पहिरोका कारण चर्किएर बसोबास गर्न नमिल्ने अवस्थामा रहेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए। ती सबै घरपरिवारलार्ई राहतसहित समयमै सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको पनि अध्यक्ष राईले बताए ।