
प्यालेस्टाइनको लडाकु समूह हमासले ‘बिदाइ तस्बिर’ भन्दै नेपालका विपिन जोशीसहित ४८ जना बन्दीको तस्बिर सार्वजनिक छ। इजरायलले गाजामा हमला तीव्र बनाउँदै गएपछि हमासले बन्दीहरूको तस्बिर सार्वजनिक गरेको हो।
कतारी समाचार संस्था अलजजिराका अनुसार हमासको सैन्य संगठन क्वासाम बिग्रेड्सले शनिबार अनलाइनमार्फत यस्तो तस्बिर सार्वजनिक गरेको हो। गाजामा आक्रमण रोक्न दबाब दिने उद्देश्यले यो तस्बिर सार्वजनिक गरिएको बताइएको छ।
तस्बिरमा सबैको नाम रोन अराड र नम्बर राखिएको छ। अलजजिराका अनुसार रोन रोन अराल्ड सन् १९८६ मा लेबननमा पक्राउ परेका एयर फोर्सका कप्तान हुन्। जसलाई स्थानीयले पक्राउ गरेर हिजबुल्लाहलाई हस्तान्तरण गरेका थिए। मृत्यु भएको आकलन गरिए पनि उनको बारेमा कुनै प्रमाण बाहिर आएको छैन। ४८ बन्दीहरू सबैलाई हमासले उनकै नाम दिएको छ। नेपालका विपिन जोशीको फोटोमा रोन अराड ३८ लेखिएको छ।
इजरायलले गाजामा अझै २० बन्दी जीवित रहेको आकलन गरेको छ। अमेरिकाले २० भन्दा कम जीवित रहेको आकलन गरेको छ। हमासले भने इजरायलको आक्रमणमा केही बन्दीको मृत्यु भएको दाबी गरेको छ। २०२३ को अक्टोबरमा हमासले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।