
कञ्चनपुरमा एक परिवारमा हृदयविदारक घटना घटेको छ । एकै दिन बाबुछोराको निधन भएको यो हृदयविदारक घटना घटेको हो । भीमदत्त नगरपालिका ११ गड्डाचौकीका राना परिवारका बाबुछोराको एकै दिन निधन भएको हाे । उपचारार्थ रहेका बाबुछोराको निधन भएको जनाईएको छ ।
भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकाश थापाले दुवै बाबुछोरा बिरामी भएपछि नेपाल भारतका अस्पतालमा उपचारकै क्रममा निधन भएको बताए । मिर्गाैला रोगबाट पीडित ६९ बर्षिया बाबु दान बहादुर राना र जण्डिस रोगबाट पीडित ४० बर्षिया विक्रम रानाको २४ घण्टाकै समयमा निधन भएको वडाध्यक्ष थापाले बताए ।
बाबु दान बहादुरको धनगढी स्थित मायामेटो अस्पताल र छोरा विक्रमको भारतकाे बरेली गुडलाईफ अस्पतालमा मृत्यु भएको हो । शुक्रबार छोरा मरेको खबरले राना परिवार शोकमै डुबेका बेला त्यसको केही बेरमै बाबु मरेको खबरले राना परिवारमा संन्नटा छाएको छ ।
शनिबार दिउँसो मृतक बाबुछोराको महाकाली नदीमा धार्मिक परम्परा अनुसार अन्त्येष्टी गरिएको छ । बृद्ध बाबु र युवा छोराको निधनले राना परिवारमा बज्रपात मच्चिएको छ । घटनाले सिङ्गो गाउँ नै शोकाकुल बनेको छ।