मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ४ शनिबार
  • Saturday, 20 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज ४ शनिबार १९:२२:oo
Read Time : < 1 मिनेट
समाचार

हिजोदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक आज राति पनि नखुल्ने, पहिरो पन्छाउने काम भोलिबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज ४ शनिबार १९:२२:oo

शुक्रबार साँझबाट अवरुद्ध नारायणगढ–मुग्लिन सडकमा निरन्तर पहिरो खस्न थालेपछि पहिरो पन्छाउने काम स्थगित गरिएको छ। तुइन खोला पुलनजिकैको पहिरो पन्छाउने काम अब आइतबार बिहानबाट फेरि थालिने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।

शुक्रबार साँझ साढे ६ बजे पहिरो खस्दा अवरुद्ध सडकमा शनिबार बिहानबाट पन्छाउन थालिएको थियो। तर, फेरि शनिबार बिहान अर्को ठुलो पहिरो खसेको थियो।

करिब ७० मिटरमाथिबाट निरन्तर रूपमा ढुंगा झरिरहेकामा बिहान ७ः४० मा पुनः ठुलो पहिरो खसेर करिब १६० मिटर लम्बाई, १० मिटर चौडाइ र १६ मिटर उचाइमा पहिरो रहेको अवस्था छ। शनिबार दिनभर बाटो खोल्ने प्रयास भयो। तर, निरन्तर ढुंगा खसिरहेको छ। प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न माइकिङ गरेको छ।