मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ४ शनिबार
  • Saturday, 20 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज ४ शनिबार २१:४८:oo
Read Time : < 1 मिनेट
समाचार

बालकोट पुगेर राधिका शाक्यले भनिन्– नयाँ पुस्तालाई संग्रहालय छोडेर जाने विचार थियो, खरानी छोडेर जानु पर्ने भयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज ४ शनिबार २१:४८:oo

एमालेका अध्यक्ष केपी ओलीकी धर्मपत्नी राधिका शाक्यले जेन–जी आन्दोलनका क्रममा आगजनी गरिएको घरको शनिबार अवलोकन गरेकी छिन् । सो क्रममा शाक्यले नयाँ पुस्तालाई आफ्नो घर संग्रहालयको रुपमा छोडेर जाने विचार भए पनि खरानी छोडेर जानु पर्ने अवस्था आएको बताइन् । 

उनले जलेका पुस्तकका खरानीको टिका लगाउँदै आफूले यहाँ पुस्तकहरू जतन गरेर राख्ने गरेको, अध्यक्ष ओलीलाई देश विदेशबाट दिएका सम्मानपत्र तथा बहुमल्य वस्तुहरू समेत संग्राहलयको रुपमा सजाएर राखिएको बताइन् । ‘मलाई यो घर व्यवस्थापनमा ६ महिना लाग्यो,’ उनले भनिन्, ‘एउटा कोठामा स्वदेशमा प्राप्त सम्मानपत्र तथा मायाको चिनो र अर्को कोठामा चीन, कम्बोडिया, भारत, भियतनाम, जापान लगायतका देशका प्रधानमन्त्रीहरूले दिएका अमूल्य सामान थिए ।’ 

शाक्यले आगलागी भएको घरका विभिन्न कोठामा के के सामान थिए भनेर सम्झना गरिन् । ‘यति मेरो पसिना र श्रम परेको छ नि...’ शाक्यले भनिन, ‘ ‘बालुवाटार हुँदा पनि म साता १० दिनमा यहाँ आएर सामान मिलाउने र सफाइ गर्ने काम गर्थें ।’ उनले घर फेरी बनाउन सकिए पनि इतिहास फेरी बनाउन नसकिने बताइन् ।
जेन–जी आन्दोलनका अराजक जत्थाले  बालकोटस्थित अध्यक्ष केपी ओलीका दुवै घर जलाएका थिए ।