मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ४ शनिबार
  • Saturday, 20 September, 2025
२o८२ असोज ४ शनिबार १८:२९:oo
Read Time : < 1 मिनेट
समाचार

न्यायिक छानबिन गर्न वर्तमान सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असोज ४ शनिबार १८:२९:oo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २३ र २४ भदौमा जेन्जी आन्दोलनका क्रममा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिको न्यायिक छानबिन गर्न अन्तरिम सरकारसँग आग्रह गरेका छन् ।

एमाले सन्धिखर्क नगर कमिटीको पूर्ण बैठकलाई शनिबार अर्घाखाँचीमा सम्बोधन गर्दै उनले न्यायिक छानबिन आयोग गठन गरेर घटनाको अनुसन्धान अघि बढाउन वर्तमान सरकारले हिम्मत गर्नुपर्ने बताए। ‘अहिले जुन सरकार बनेको छ, यसले आँट गरेर न्यायिक छानबिन गर्ने हो भने कठघरामा को-को उभिनुपर्छ भन्ने देखिनेछ,’ उनले भने, ‘न्यायिक छानबिन गरेर घटनामा दोषी देखिएकालाई कानुनी कारबाही गर्न सरकारले आँट गरोस् ।’

आन्दोलनको नाममा भएको अराजकताबारे सबैले समीक्षा गर्न आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ ।

नेपालको भूमि लिपुलेकमा चीन र भारतले व्यापारिक केन्द्र बनाउने भन्दै सम्झौता गरेको कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध षड्यन्त्र गरी विषम परिस्थिति सिर्जना गरिएको मुख्यमन्त्री आचार्यको दाबी छ। ‘लिपुलेकमा चीन र भारतले व्यापारिक केन्द्र बनाउने भनेर सम्झौता गरे । त्यसको विरोध नगरी मुकदर्शक बनेर समर्थन गरेर बसेको भए केपी ओलीको सरकार पनि अपदस्त हुने थिएन। आज मुलुकमा यस्तो विषम परिस्थिति सिर्जना हुने पनि थिएन । यो कुरा त हामी सबैले पक्कै पनि बुझेका छौँ,’ उनले भने, ‘सामाजिक सञ्जाल बन्द नभएको भए पनि यो घटना घटाउने थिए । यो तानाबाना अलि पहिला नै बुनिएको रहेछ। अब सबै कुरा खुल्दै जानेछन्।’