
मोरड प्रशासनले विराटनगरमा शुक्रबार बिहान १० बजेदेखी अपरान्ह्र ४ बजेसम्म निषेधाज्ञा र साँझ ७ देखी शनिबार बिहान ४ बजेसम्म कर्फ्यु आदेशलाई निरन्तरता दिएको छ ।
मोरडका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सुरक्षा समितिको निर्णय अनुसार शान्ति सुरक्षाको अवस्थालाई ख्याल गर्दै शुक्रबार दिउँसो पनि विराटनगरमा निषेधाज्ञा र राती कर्फ्यु आदेशलाई निरन्तरता दिएको जानकारी गराएका छन् ।
निषेधाज्ञाको समयमा जिल्लामा रहेका बैक तथा वित्तिय संस्थाहरुलाई सीमित कर्मचारी राखेर सञ्चालन गर्न पनि प्रशासनले आग्रह गरेको छ।