कामको सिलसिलामा भारतको गुजरात पुगी असहज परिस्थिति झेलिरहेका पाँच नेपाली मजदुरको सकुशल उद्धार गरिएको छ । भारत गुजरातको जोहरापुरा गाउँस्थित रामदेव कोल्डस्टोरमा काम गर्ने सप्तरी जिल्ला तिरहुत गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका पाँचजना मजदुरको उद्धार गरी उनीहरूलाई परिवारकाे जिम्मा लगाइएको हो ।
तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादवका अनुसार काम लगाउने ठेकेदारले कुटपिटसहित मानसिक तथा शारीरिक यातना दिने गरेको र सम्झौताअनुसारको पारिश्रमिक दिनुको सट्टा कार्यक्षेत्रमा डरधम्की देखाई श्रमशोषणमा परेका तिरहुतका– ४ का ६० वर्षीय सकलदेव सदा र हनुमाननगर कंकालिनी– ८ का २८ वर्षीय चन्दन खङ्ग एवं शैलेन्द्र सदासहित पाँचजनालाई सकुशल उद्धार गरिएको हो ।
अध्यक्ष यादवले पीडित मजदुरहरूको उद्धार गरी नेपालसम्म ल्याउने काममा सञ्चारकर्मीसमेत रहनुभएका साइबर सुरक्षा विश्लेषक कुमार अभिनवको सक्रियता तथा नेपाल राष्ट्रिय मुसहर संघको सहयोग र समन्वयमा उनीहरूलाई उद्धार गरिएको स्पष्ट गरे ।
नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीका अध्यक्ष शिवदेव सदाले गुजरातस्थित जोहरापुराका स्थानीय अधिकारी र सप्तरी तिरहुत गाउँपालिकाका अध्यक्ष यादवको विशेष सहयोग र समन्वयसहित सञ्चारकर्मी एवं इन्जिनियर अभिनवको सक्रियतामा पाँच नेपाली मजदुरलाई नेपाल ल्याउन सफल भएको बताए।
भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
दानबहादुर कार्कीको रिट अध्ययनकै क्रममा
२ हप्ता अघि
सुझावित समाचार
११०० पण्डित तथा पुरोहितको सहभागितामा विशेष सम्मेलन आयोजना
काठमाडौं । गुरुमञ्जरी अस्ट्रेलियाको आयोजनामा भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटेलमा काठमाडौं उपत्यकाका करिब १,१००…
कीर्तिपुरबाट ११ लाखको काजु बरामद
काठमाडौं । विनाबिलबिजक ओसारपसार भइरहेको ११ लाख ५९ हजार दुई सय रुपैयाँबराबरको काजु काठमाडौंको कीर्तिपुरबाट बरामद भएक…
मंगलबार १० बजेसम्मका प्रमुख १० खबर
साबिक विजेता लुम्बिनी एनपिएलको फाइनलमा साबिकको विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको तेस्रो सिजनको फाइनलमा पुगेको छ। …
सशस्त्र प्रहरीको पोसाक दुरुपयोग गर्नेविरुद्ध साइबर ब्युरोमा उजुरी
काठमाडौं/ सशस्त्र प्रहरी बलको पोसाक दुरुपयोग गर्नेमाथि अनुसन्धान सुरु भएको छ । सशस्त्र प्रहरी बलको उजुरीका आधारमा साइबर ब्युरोले…
सशस्त्र प्रहरीको पोसाक दुरुपयोग गर्नेविरुद्ध साइबर ब्युरोमा उजुरी
काठमाडौं/ सशस्त्र प्रहरी बलको पोसाक दुरुपयोग गर्नेमाथि अनुसन्धान सुरु भएको छ । सशस्त्र प्रहरी बलको उजुरीका आधारमा साइबर ब्युरोले…
ट्रेड युनियन खारेजीसम्बन्धी मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने
काठमाडौं/ निजामती कर्मचारी प्रशासनको ट्रेड युनियन खारेजविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने …