मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

पानीजहाजमा काम गर्नेलाई सिम्यान्स पासपोर्ट वितरण सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३४:oo

पानीजहाजमा काम गर्नेहरूलाई सरकारले सिम्यान्स अभिलेख किताब(सिम्यान्स पासपोर्ट) वितरण सुरु गरेको छ। पासपोर्टजस्तै यस्तो अभिलेख किताब नहुँदा पानी जहाजमा काम गर्नेहरूले समस्या झेल्दै आएका थिए। 

राहदानी विभागले बुधबार इलामको सूर्याेदय नगरपालिका वडा नम्बर ४ श्रीअन्तु स्थायी घर भएका अमितकुमार सिंहलाई यस्तो अभिलेख किताब दिएर यसको सुरुवात गरेको हो। पानीजहाजमा काम गर्ने व्यक्तिहरू विभिन्न देश आवातजावात गरिरहनुपर्ने भएकाले पासपोर्ट मात्र हुँदा उनीहरूले विभिन्न प्रकारका समस्या झेल्दै आएका थिए। कतिपय अवस्थामा उनीहरू पानीजहाजबाटै बाहिर निस्कन नपाउने गरेका थिए। सरकारले पहिले नै यससम्बन्धी कानुन संशोधन गरे पनि वितरण सुरु हुन सकेको थिएन। 

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले सिम्यान्स अभिलेख किताब वितरण सुरु भएसँगै पानीजहाजमा काम गर्ने धेरैलाई यसले सहज विश्वास व्यक्त गरेका छन्।