मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २६ बिहीबार
  • Thursday, 10 July, 2025
२o८२ असार २६ बिहीबार o७:४१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

क्लब विश्वकपको उपाधिनजिक चेल्सी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २६ बिहीबार o७:४१:oo

इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको उपाधिनजिक पुगेको छ । ब्राजिलको फ्लुमिनेन्सलाई २–० ले हराउँदै चेल्सीले फाइनलमा स्थान बनाएको हो । चेल्सीलाई अन्तिम दुई स्थान पक्का गराउन ब्राजिलियन फरवार्ड जोआओ पेड्रोले दुवै गोल गरेका थिए ।

खेलको १८औँ मिनेटमा उनले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गरे । खेलको ५६औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरी चेल्सीलाई २–० को जित दिलाए । फ्लुमिनेन्सले खेलको अन्त्यमा गोल गर्ने अवसर गुमाएको थियो । प्रतियोगिताको फाइनल आगामी आइतबार हुनेछ ।