मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २६ बिहीबार
  • Friday, 11 July, 2025
२o८२ असार २६ बिहीबार १९:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरको थाहामा सडेगलेको अवस्थामा पुरुषको शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २६ बिहीबार १९:११:oo

मकवानपुरको थाहा नगरपालिकामा सडेगलेको अवस्थामा पुरुषको शव फेला परेको छ । मकवानपुर प्रहरीका अनुसार थाहा नगरपालिका वडा नम्बर ४ स्थित जिरोथुमको जगरघारी जंगलमा पुरुषको शव फेला परेको हो । 

शव सडेको अवस्थामा फेला परेकोले पहिचान खुल्न नसकेको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । उक्त शवको बारेमा स्थानीयले जानकारी गराएको र घटनाबारे थप अनुसन्धान थालिएको प्रवक्ता अर्यालले बताए । उनका अनुसार स्थानीयले सोमबार दिउँसो सवा एक बजेतिर जंगलभित्र शव देखेपछि तत्काल प्रहरी चौकी सिमभञ्ज्याङलाई जानकारी गराएका थिए ।

सूचना प्राप्त भएलगत्तै प्रहरी चौकी सिमभञ्ज्याङ र इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिनबाबु अर्यालको कमान्डमा खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया थालेको प्रवक्ता अर्यालको भनाइ छ ।

शवको केही मिटर पर निलो ट्राउजर, कालो कट्टु र सेतो धर्के सर्ट भेटिएको र घटनास्थलदेखि करिब दुई तीन सय मिटर पर एक जोर चप्पलसमेत फेला परेको उनले जानकारी दिए। हालसम्म पनि मृतकको नाम, थर, वतन खुल्न नसकेको र पहिचानका लागि कोसिस भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए।