मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २६ बिहीबार
  • Friday, 11 July, 2025
श्रवण थापा सर्लाही
२o८२ असार २६ बिहीबार १७:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकल अनियन्त्रित हुँदा एक युवकको ज्यान गयो अर्का गम्भीर घाइते

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८२ असार २६ बिहीबार १७:५२:oo

सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ। भने अर्का एक गम्भीर घाइते भएका छन्।
बिहीबार मध्यराति ईश्वरपुर नगरपालिका–१४, हरकठवा–श्रीनगर सडक खण्डमा ग ७ प ९४८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो।

दुर्घटनामा परेर गम्भीर घाइते चालक ईश्वरपुर–१४, निवासी रामएकवाल महतोका छोरा १९ वर्षका विष्णुकुमार महतोको मृत्यु भएको हो। मोटरसाइकलमा सवार सोही स्थानका वसन्त महतोका छोरा १९ वर्षका प्रशान्त महतो गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार हरहठवाबाट श्रीनगर जाँदै गरेका उनीहरू सवार मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटनामा परेको हो। घटनामा दुवैजनाको शरीरको विभिन्न भागमा चोट लागेको छ। घाइतेमध्ये चालक विष्णुलाई लालबन्दीस्थित मोडल अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले जानकारी दिए । भने, अर्का घाइते प्रशान्तलाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पुर्याइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो।