
बर्दियामा ५८.७५ प्रतिशतधान रोपाइँको काम सकिएको एकीकृत कृषितथा पशुपन्छी विकास कार्यालयलेजनाएको छ । धान उत्पादनको दृष्टिकोणले बर्दियाको माटो उर्वर मानिन्छ ।
धान खाद्यान्न बाली भएकोले पनि उहाँका अधिकांशले किसानले धान खेती गर्दै आएको छ । हालसम्म बर्दियामा ५८।७५ प्रतिशत धान रोप्ने काम सकिएको छ । भने अझै पनि४१.२५ प्रतिशत धान रोपाइँको काम बाँकी रहेको छ ।
बर्दियामा ५० हजार १ सय ५० हेक्टरमा धान खेती हुने गरेको छ । जसमध्ये २९ हजार ४ सय ३३ हेक्टरमा धान खेती भइसकेको एकीकृत कृषितथा पशुपन्छी विकास कार्यालयका प्रमुख सागर ढकालले बताए । उनले भने,‘ बर्दियामा प्रतिहेक्टर ४.७ मेट्रिकटनको धान उत्पादन हुन्छ । धान उत्पादन दृष्टिकोणले बर्दिया उपयुक्त मानिन्छ । अहिलेसम्म राजापुर ७० प्रतिशत, गेरुवा ६५ प्रतिशत ,बाँसगढी ६० प्रतिशत, ठाकुरबाबा ६० प्रतिशत, बढैयाताल ५५ प्रतिशत, मधुवन ६० प्रतिशत, बारवर्दिया ६० प्रतिशत र गुलरिया ६० प्रतिशत जग्गामा धान रोप्ने काम भइसकेको छ ।’
मौसम पूर्वानुमान महाशाखाले अनुमान गरे अनुसार वर्षा नभएकोले धान रोप्नका लागिपानी अभाव भएको हुँदा पनि धान रोप्ने काम नसकिएको प्रमुख ढकालले बताए । उनले भने, ‘ कतिपय ठाउँमा खेत रोप्ने मानिस नपाएको पनिधान रोपाइँको काम ढिलो भएको छ ।’ गेरुवा गाउँपालिका, ४ का ४७वर्षीय किसान सिताराम थारूले यस वर्ष धान रोप्नका मान्छे नपाएको बताए । उनले भने, ‘ एकतिर मान्छे नपाउने समस्या छ । भने अर्कोतिर सरकारले आवश्यकता अनुसार मल नपठाउँदा समस्या भएको छ । खेतमा मल नहाल्दा उत्पादन कम हुन्छ । त्यसकारण सरकारले समयमा मलको व्यवस्थापन गरिदिनु पर्छ ।’