१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २४ मंगलबार
  • Tuesday, 08 July, 2025
२o८२ असार २४ मंगलबार २१:२२:oo
Read Time : < 1 मिनेट
समाचार

पहिरोमा परेर मोटरसाइकलचालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २४ मंगलबार २१:२२:oo

तिनाउँ गाउँपालिका–३, सिद्धबाबा मन्दिरनजिक मंगलबार गएको पहिरोमा परी एकजनाको मुत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

दिउँसो बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु५१प ६६३३ नम्बरको मोटरसाइकलचालक पाल्पा रामपुर नगरपालिका– ६, तालपोखरा घर भएका जनक भण्डारीको मुत्यु भएको हो।
मोटरसाइकलको पछाडि बस्ने उनकी श्रीमती कल्पना चापागाईं घाइते छिन् । उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनील मल्लले बताए । 

दिउँसो ४ बजेतिर माथिबाट पहिरो खसेर मोटरसइकलका चालकलाई लागेको र चालक उछिट्टिएर तिनाउ खोला किनारमा पुगेको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरी अस्पताल लैजाँदै गर्दा मुत्यु भएको हो प्रहरीको भनाइ छ ।