१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २४ मंगलबार
  • Tuesday, 08 July, 2025
२o८२ असार २४ मंगलबार २१:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

मुस्ताङकाे लोमान्थाङमा बाढी, चार काठे र दुई फलामे पुल बगायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २४ मंगलबार २१:oo:oo

लोमान्थाङ गाउँपालिकामा मंगलबार आएको बाढीका कारण चार काठे र दुई फलामे पुल बगाएको छ।

बाढीका कारण लोमान्थाङ गाउँपालिकाकाे वडा नम्बर १, २ र ४ मा क्षति पुर्‍याएको पालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले जानकारी दिए। साँझ करिब १७ः३० बजेतिर छुआमा खोलामा आएको बाढीका कारण छुम्जुङ, छोसो, न्यामरोक र भार्चास्थित काठे पुल बगाएको अध्यक्ष गुरुङले जानकारी दिए।

यसैगरी, छुम्जुङस्थित मान्छे हिँड्ने र धुकमा रहेको गाडी हिँड्ने फलामे पुलसमेत बाढीले बगाएको उनले बताए।

पालिका केन्द्रदेखि ५०-६० किलोमिटर पर मुस्ताङ हिमालबाट बहने छुआमा खोलामा आएको बाढीले पुलसँगै पालिकाको रिङरोडमा समेत असर गरेको छ।

बाढीका कारण कुनै मानवीय क्षति भने नभएको र घरहरूमा समेत असर नपरेको उनले बताए। बाढीका कारण खोलाको वारिपारि गरी करिब ६ सय मिटरजति खेतबारीमा असर गरेकाे छ। 

बाढीकाे  यकिन क्षति विवरण भने अझै आइसकेकाे छैन।