१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 08 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १३:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उद्धार गर्न सरकार युद्धस्तरमा : प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १३:२४:oo

प्रधानमन्त्री केपी ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको जानकारी दिएका छन् । अत्यावश्यकबाहेक निर्धारित कार्यक्रमहरू स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धार कार्यबारे रिपोर्टिङ लिइरहेको प्रधानमन्त्री ओलीले बताएका हुन् ।

उनले यसमा सबैको सहयोगको अपेक्षा गरेका छन् । उनले भने,  ‘यस दुःखद क्षणमा अत्यावश्यकबाहेक निर्धारित कार्यक्रमहरू स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धार कार्यबारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको छु। विपत् सम्भावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउन तीव्र समन्वय गरिएको छ, सरकारको तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिइएको छ। सरकारी निकायहरूले उद्धारको काम गरिरहेका छन्। त्यसमा सबैको सहयोग अपेक्षा गर्दछु।’

उनले बाढीबाट ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपतकाे पीडामा रहेका नागरिकप्रति सहानुभूति प्रकट गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बाढीले केही नागरिकको ज्यान गएको र केही  बेपत्ता भएका दुःखद खबरहरू आएका छन्। ठुलो भौतिक क्षति पुर्‍याएको छ।’