
ओपिडी सेवा नै बन्द गरेका आन्दोलनमा उत्रिएका चिकित्सक र सरकारबिच आन्दोलन रोक्ने सहमति भएको छ । सहमतिसँगै भोलिदेखि ओपिडी खुल्नेछ ।
सहमतिअनुसार सात दिनभित्र उपभोक्ता संरक्षण ऐन संशोधनको लागि मस्यौदा तयार पार्ने र ११ दिनभित्र पेस गर्ने निर्णय भएको चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले बताए।
चिकित्सक संघको नेतृत्वमा भइरहेको आन्दोलन र मागबारे छलफल गर्न मंगलबार स्वास्थ्य मन्त्रालयमा सरोकारवाला निकायकाे बैठक बसेको थियो। बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कानुनमन्त्री अजयकुमार चौरसिया सहभागी थिए । यस्तै, नेपाल चिकित्सक संघका अध्यक्ष अनिलबिक्रम कार्की, स्वास्थ्यसचिव विकास देवकोटालगायत पनि बैठकमा सहभागी थिए ।
चिकित्सकहरूको आन्दोलनका कारण सोमबार र मंगलबार देशभरका अस्पतालमा ओपिडी सेवा ठप्प बनेको थियो । उपभोक्ता अदालतको फैसलाविरुद्ध चिकित्सकहरू आन्दोलित बनेका हुन् ।
चिकित्सक संघले सो फैसला कार्यान्वयन नगर्न र कानुन संशोधन गर्न माग राखेको छ। आन्दोलनरत चिकित्सकहरूले आज बिहान ११ बजे माइतीघर मण्डलामा प्रदर्शनसमेत गरे।
यस्ताे छ सहमतिपत्र :