१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १८ आइतबार
  • Monday, 02 June, 2025
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १८ आइतबार o७:o३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मुहार फेर्दै त्रिवि मैदान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १८ आइतबार o७:o३:oo

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानले आफ्नो मुहार फेर्ने क्रम दिनानुदिन बढाएको छ । केपी ओली प्रधानमन्त्री भएको पहिलो मन्त्रिपरिषद्को बैठकले तीन सय दिनभित्र मैदान सुविधासम्पन्न बनाउने निर्णय गरेको थियो ।

तर, घोषित २४ वैशाख काम पूरा नभएपछि दुई महिना समय थप गरिएको थियो । समय थपसँगै मैदानको प्यारापिट र फ्लडलाइट जोड्ने कामले तीव्रता पाएको छ । त्रिवि मैदानमा अहिले १५ हजार सिट क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइट जडान गर्ने काम भइरहेको छ ।

मैदानको प्यारापिट बनाउन बिकेओआई–केसिडिसी–बिजी जेभीले ४३ करोड ७७ लाख ३० हजार ११३.०३ रुपैयाँमा ठेक्का पाएको हो । फ्लडलाइट जडानका लागि विशन–ईश्वरी जोइन्टभेन्चरले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको थियो । यो काम सम्पन्न भएपछि सरकारले दोस्रो चरणका काम गर्न थप ४० करोड बजेट विनियोजन गरेको छ ।