१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १९ सोमबार
  • Wednesday, 04 June, 2025
२o८२ जेठ १९ सोमबार १७:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभाबाट दुई विधेयक सर्वसम्मत पारित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १९ सोमबार १७:o२:oo

बागमती प्रदेश सभाले सोमबारको बैठकबाट दुईवटा महत्त्वपूर्ण विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ।
प्रदेश सभा सचिवालयका अनुसार ‘प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६’ र ‘प्रादेशिक व्यापार तथा व्यवसाय ऐन, २०७६’ लाई संशोधन गर्न बनेका विधेयकहरू सोमबार दिउँसोको बैठकबाट पारित भएका हुन् ।

सभामुख भुवनकुमार पाठकले दुवै विधेयक निर्णयार्थ पेस गर्दा बैठकले सर्वसम्मत रूपमा विधेयकहरू पारित गरेको घोषणा गरेका थिए।

विधेयकमाथिको छलफलका लागि उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री शुकमाया तामाङले प्रतिवेदनसहितको प्रस्ताव पेस गरेकी थिइन्। छलफलका क्रममा उद्योग, पर्यटन तथा वातावरण समितिले तयार पारेको प्रतिवेदनमाथि प्रदेश सभा सदस्यहरूले व्यापक रूपमा सहभागिता जनाएका थिए।

छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री तामाङले संशोधनले प्रदेशभित्र सञ्चालित उद्योग र व्यवसायहरूलाई अझ सशक्त बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरिन्। उनले विधेयकमार्फत कानुनी जटिलता समाधान भई उद्योगी तथा व्यवसायीका लागि सहज वातावरण तयार हुने दाबी गरिन्।

प्रदेश सभा सचिवालयका अनुसार पारित भएका विधेयकहरू प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट प्रमाणीकरण भएपछि कानुनी रूपले ऐन बन्नेछन्।
 

छुटाउनुभयो की ?