
व्यवसायीले सार्वजनिक यातायात सञ्चालन नगरेपछि नेपाल प्रहरीले सर्वसाधारणलाई सेवा दिन आज काठमाडौं उपत्यकामा निःशुल्क बस सञ्चालन गरेको छ।
प्रहरी प्रधान कार्यालयले विभिन्न दुईवटा रूटमा निःशुल्क बस सञ्चालन गरेको हो। प्रहरी प्रधान कार्यालय नक्सालबाट काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न गन्तव्यमा बस छुट्ने प्रहरीले जनाएको छ।
नक्सालबाट बालुवाटार–महाराजगन्ज–नयाँ बसपार्क–स्वयम्भू–कलङ्की–बल्खु–सातदोबाटो–लगनखेल–जावलाखेल–थापाथली–माइतीघर–पुतलीसडक–जयनेपाल हल रुटमा बस चल्नेछ।
यस्तै, नक्सालबाट रातोपुल–गौशाला–एयरपोर्ट–काटेश्वर–सल्लाघारी–सूर्यविनायक–चाबहिल–सुकेधारा–चक्रपथ–महाराजगन्ज–बालुवाटार हुँदै नक्सालसम्मको रुटमा पनि प्रहरीको बस चल्नेछ।
हेर्नुस् भिडियाे :