१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १९ सोमबार
  • Wednesday, 04 June, 2025
२o८२ जेठ १९ सोमबार १६:५७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

झापाका कृषकले पाएनन् चैतेधानको समर्थन मूल्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १९ सोमबार १६:५७:oo

झापाका कृषकले सरकारले निर्धारण गरेको चैतेधानको न्यूनतम समर्थन मूल्य पाएका छैनन्। सरकारले गत फागुनमा आर्थिक वर्ष ०८१/८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैतेधानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु. दुई हजार आठ सय तोकेको थियो। झापाका कृषकले प्रतिक्विन्टल रु. एक हजार ७५० मा चैतेधान बेचिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए।

सरकारले १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैतेधानका हकमा भने एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल एक हजार दुई सय ग्रामका दरले हुन आउने तौल घटाइ हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने गरेको थियो। 

‘मूल्य नपाएपछि कृषकहरूले रु. सात सय प्रतिमन धान बेचिरहेका छन्,’ उनले भने, ‘धानमिलहरूले कम मूल्यमा धान किनिरहेका छन्, कृषकहरूले व्यापक गुनासो गरिरहनुभएको छ।’ 
चैतेधान भण्डारण गर्न समस्या हुने भएकाले कृषक बेच्नैपर्ने बाध्यतामा छन्।

गत वर्ष प्रतिमन रु. एक हजारदेखि रु. एक हजार दुई सयसम्म चैतेधान बिक्री भएको थियो। सरकारले चैतेधानको समर्थन मूल्य बढाए पनि कृषक गत वर्षको भन्दा पनि निकै कम मूल्यमा धान बेच्न बाध्य छन्। 

एक बिघामा अधिकतम ९० मन धान फले पनि हालको बजार मूल्यले कृषकको लगानी मात्र उठ्ने अवस्था छ।
‘एक बिघामा धान खेती गर्दा रु. ५०–५५ हजार खर्च हुन्छ,’ प्रमुख विष्टले भने, ‘अहिलेको हिसाबले धान बेच्दा रु. ६३ हजार हुन्छ, नाफा नै नहुने भएपछि किसानले किन खेती गर्ने ?’ 

यस वर्ष झापामा २० हजार हेक्टरमा चैते धानखेती गरिएको छ। त्यसबाट करिब एक लाख मेट्रिक टन धान उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लामा कृषकले हर्दिनाथ– १ र राम धान जातका चैते धानखेती गरेका छन्। त्यसमा ८० प्रतिशत हर्दिनाथ– १ रहेको कार्यालयले जनाएको छ। सरकारको तथ्यांकअनुसार नेपालमा वार्षिक ७० लाख टन धानको माग छ। त्यसमध्ये ५४ लाख टन हाराहारी मात्र नेपालमा उत्पादन हुन्छ। बाँकी आयात गर्नुपर्ने अवस्था छ। रासस

छुटाउनुभयो की ?