१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 27 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:२५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निगमले जहाजको किस्ताबापत चैतमा ५३ करोड बुझायो

०८१ चैतसम्म सात अर्ब ३९ करोड पाँच लाख किस्ता रकम भुक्तानी, चारवटा जहाजको समयमै किस्ता नबुझाउँदा करिब ५० अर्ब दायित्व

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:२५:oo

नेपाल वायुसेवा निगम (नेवानि)ले न्यारोबडी र वाइडबडी जहाजको चैत महिनामा ५३ करोड नौ लाख ५५ हजार रुपैयाँ किस्ता भुक्तानी गरेको छ । निगमले चारवटा जहाज खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये चैतमा दुई न्यारोबडीको पूरै र दुई वाइडबडीको आंशिक किस्ता रकम भुक्तानी गरेको जनाएको छ ।

निगममा कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेतृत्व सम्हालेपछि निगमले ०८१ चैतसम्म सात अर्ब ३९ करोड पाँच लाख रुपैयाँ किस्ता रकम भुक्तानी गरेको बताइएको छ । निगमको नेतृत्वमा युवराज अधिकारी ८ कात्तिक ०७८ मा नियुक्ति भएर आएका थिए । निगमले अन्तर्राष्ट्रिय उडान गर्ने चारवटा जहाजको समयमै किस्ता भुक्तानी गर्न नसक्दा दायित्व करिब ५० अर्ब पुग्न थालेको छ ।

निगमले दुई वाइडबडी र दुई न्यारोबडी जहाज खरिद गर्न सरकारकै जमानीमा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्ब रुपैयाँ ऋण लिएको थियो । सञ्चय कोष र निगमबिच ४ असार ०७० मा दुई न्यारोबडी एयरबस–३२० खरिद गर्न १० अर्ब रुपैयाँ र २८ जेठ ०७४ मा एउटा वाइडबडी एयरबस–३३० जहाज खरिद गर्न १२ अर्ब रुपैयाँको ऋण सम्झौता भएको थियो । अर्को दिन २९ जेठ ०७४ मा निगमले लगानी कोषसँग पनि अर्को वाइडबडी एयरबस–३३० जहाज खरिद गर्न १२ अर्ब रुपैयाँ ऋण सम्झौता गरेको थियो । 

निगमले न्यारोबडी जहाज ०७१ मा र त्यसको तीन वर्षपछि ०७४ असार र साउनमा वाइडबडी जहाज भित्र्याएको थियो । निगम व्यवस्थापनले ऋणमा खरिद गरेका जहाजहरू पूर्ण क्षमतामा उडाउन नसक्दा नियमित किस्ता भुक्तानीमा समस्या भइरहेको छ । जसले गर्दा निगम जहाज खरिद गर्न लिएको ऋणले थिचिँदै गइरहेको छ । निगमले जापान, कोरिया, अस्ट्रेलियालगायत लामो दूरीका गन्तव्यमा उडान गर्न भनेर वाइडबडी जहाज खरिद गरेको थियो । तर, अहिलेसम्म जापानबाहेक अरू देशमा उडान गर्न सकेको छैन । निगमले वाइडबडी उडाउँदा पनि घाटा व्यहोरिरहेको छ । यी जहाजहरू पटक–पटक ग्राउन्डेड हुने र मर्मत–सम्भारमा लापरबाही गर्दा निगमले अर्बौँ रुपैयाँ आम्दानी गुमाइरहेको छ ।