
मिराया वेलनेस एन्ड गल्फ रिसोर्टले सांस्कृतिक कार्यक्रम तथा विशेष अफरसहितको छुट प्याकेज घोषणा गरेको छ । रिसोर्टले नयाँ वर्ष ०८२ लाई विशेष र स्मरणीय बनाउने उद्देश्यसहित छुट प्याकेज घोषणा गरेको हो ।
सोही अवसरमा सोमबार साँझ देवचुलीस्थित मिरायामा विशेष अफरसहितको ‘नयाँ वर्ष सांस्कृतिक साँझ’ कार्यक्रम आयोजना हुने होटेलले जनाएको छ । मिराया वेलनेस एन्ड गल्फ रिसोर्ट सिजी हस्पिटालिटीअन्तर्गत नवलपरासीमा सञ्चालनमा रहेको आतिथ्य गन्तव्य हो ।
मिरायाले नयाँ वर्षलक्षित प्याकेज पनि सार्वजनिक गरेको छ । प्रतिव्यक्ति नौ हजार नौ सय ९९ रुपैयाँमा (कम्तीमा दुईजना)का लागि यो प्याकेज उपलब्ध हुने बताइएको छ । जसमा सांस्कृतिक कार्यक्रम, डिनरअघि स्न्याक्स, बफे डिनर, एक रातको लक्जरी बसोवास र भोलिपल्टको ब्रेकफास्ट समावेश गरिएको छ ।
रिसोर्टका अनुसार चारदेखि १२ वर्षका बालबालिकाका लागि यो प्याकेज चार हजार र चार वर्षमुनिका बालबालिकाले आमाबुबासँग कोठा साझा गरेमा निःशुल्क बस्न सक्ने सुविधा पनि छ । त्यस्तै, डिनर मात्रको मूल्य प्रतिव्यक्ति ६ हजार पाँच सय तोकिएको छ । यही प्याकेज चारदेखि १२ वर्षका बालबालिकाका लागि तीन हजार निर्धारण गरिएको रिसोर्टले जनाएको छ । अफर आजका लागि मात्रै मान्य हुनेछ ।