Skip This
पाँच हजार स्थानीयलाई  विपतबारे सेनाको प्रशिक्षण
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३१ आइतबार
  • Monday, 14 April, 2025
२o८१ चैत ३१ आइतबार o९:o४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पाँच हजार स्थानीयलाई  विपतबारे सेनाको प्रशिक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ३१ आइतबार o९:o४:oo

नेपाली सेनाले अछामका पाँच हजारभन्दा बढी स्थानीयलाई विपत् व्यवस्थापन र प्राथमिक उपचार पद्धतिबारे प्रशिक्षण दिएको छ । जिल्लाका नौवटै स्थानीय तहमा पुगेर उनीहरूलाई भूकम्प, आगलागी, बाढीपहिरो, चट्याङ र भिरबाट लड्दा उद्धार गर्नेदेखि ग्यास सिलिन्डरमा आगो लाग्दा निभाउने तरिका सिकाइएको हो । 

स्थानीय तहहरूसँगको समन्वयमा नेपाली सेनाको गोरख बक्स गण मंगलसेन ब्यारेकको ४० जनाको ‘अभ्यास वैद्यनाथ’ नामक दक्ष समूहले २१ फागुनदेखि २९ चैतसम्म गाउँमै पुगेर प्रशिक्षण दिएको गणपति प्रमुख सेनानी संगम अधिकारीले बताए ।

सेनानी अमृत खड्काको कमान्डमा ढकारीबाट सुरु गरिएको विपत् व्यवस्थापन प्रशिक्षण तथा कृत्रिम घटना अभ्यास चौरपाटी, बान्नीगढी जयगढ र मेल्लेख गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाँद गाउँपालिका, कमलबजार र मंगलसेन नगरपालिका तथा रामारोशन गाउँपालिकामा गरिएको थियो ।

यसले विपत् व्यवस्थापनबारे परिचालन हुने बजेट सदुपयोगको उपाय दिएको भन्दै रामारोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले स्थानीय तहका लागि यसले फाइदा पुगेको बताए । 

छुटाउनुभयो की ?