मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 13 April, 2025
फाइल तस्बिर
मुख्य समाचार डिजिटल संस्करण

लिङ्देनलाई बालेनको जवाफ–कसैले फोहोर गरे जरिवाना तिराउने भनेर बसेकाे छैनौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५३:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कसैले फोहोर गर्छ र जरिवाना तिराउँछु भनेर नबसेको बताएका छन्।

बल्खुमा राप्रपा कार्यकर्ताले विरोध सभापछि फोहोर टिपिरहेको फोटो सेयर गर्दै सामाजिक सञ्जालबाट बालेनले यस्तो प्रतिक्रिया दिएका हुन्। विरोध सभाका क्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले फोहोर आफैँ टिप्ने भन्दै हिरो भएर पत्र नकाट्न बालेनलाई आग्रह गरेका थिए।

त्यसको जवाफमा लिङ्देनको नाम उल्लेख नगरी बालेनले भनेका छन्, ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन। सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ।’
 
आजको कार्यक्रममा राप्रपाले आफैँ सरसफाइ गरेको भन्दै मेयर शाहले धन्यवाद दिएका छन्।

छुटाउनुभयो की ?