Skip This
मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु, दुई घाइते
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३१ आइतबार
  • Tuesday, 15 April, 2025
२o८१ चैत ३१ आइतबार १७:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु, दुई घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ३१ आइतबार १७:२५:oo

आइतबार अपराह्न पानीसँगै परेको चट्याङ लागेर मकवानपुरमा एकजनाको मृत्यु भएको छ। यस्तै, दुईजना घाइते भएका छन्। मकवानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा मनहरी गाउँपालिका–५, दरदराका २८ वर्षीय अबिर थिङ रहेका छन्।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार मनहरी– ५, वसन्तपुरस्थित राप्तीखोलाको किनार हुँदै आफन्तको घर मनहरी– ५, डिल्लीपुरबाट आफ्नो घर दरदरातर्फ जाने क्रममा चट्याङ लागेर थिङको मृत्यु भएको हो।

चट्याङ लागेर थिङको तत्कालै मृत्यु भएको प्रवक्ता अर्यालले बताए। उनका अनुसार थिङको साथमा रहेका उनका बुबा ५६ वर्षीय सिंहबहादुर थिङ र हिरामान गोलेका १० वर्षीय छोरा सौगात गोले घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रवक्ता अर्यालले जानकारी दिए।