मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २५ सोमबार
  • Wednesday, 09 April, 2025
२o८१ चैत २५ सोमबार o७:२६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

केपी ओली टी–२० क्रिकेट : स्याङ्जाविरुद्ध काठमाडौं सात विकेटले विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २५ सोमबार o७:२६:oo

दोस्रो केपी ओली कप टी–२० क्लबस्तरीय पुरुष क्रिकेटमा आइतबार समूह ‘ए’बाट दुई खेल जित्दै सिइसी काठमाडौं सेमिफाइनलनजिक पुगेको छ । पहिलो ब्याटिङ गरेको स्याङ्जाले २० ओभरमा सात विकेट गुमाएर १२६ रन बनाएको थियो । प्रत्युत्तरमा काठमाडौंले १४.१ ओभरमा तीन विकेट गुमाउँदै १२७ रन पूरा गर्‍यो । काठमाडौंका लागि दीपेन्द्र रावतले ४९ रन जोड्न ४२ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । 

ओपनर रित गौतमले २३ बलमा ६ चौका र एक छक्काको सहयोगमा ३८ रन बटुले । पृथु बास्कोटाले १४ बलमा दुई छक्का र एक चौका प्रहार गरी २१ रन बनाए । यसअघि काठमाडौंले हेटौँडालाई हराएको थियो । स्याङ्जाको ब्याटिङमा ईश्वर क्षेत्रीले सर्वाधिक ३४ रनको योगदान दिए । उनले २४ बलमा चार चौका र दुई छक्का प्रहार गरे । काठमाडौंका दीपेन्द्र रावतले चार ओभरमा एक मेडनसहित ११ रन खर्चेर सर्वाधिक चार विकेट लिए ।

समूह ‘ए’को अर्को खेलमा हेटौँडा स्पोर्टस् एकेडेमीले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई चार विकेटले हरायो । ७२ रन पछ्याएको हेटौँडाले १२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । हेटौँडाका ओपनर गौरव खड्काले ३४ रन बनाए । उनले ३२ बलमा चार चौका प्रहार गरे । पोखराका लागि सुवास बास्तोला र अञ्जन केसीले समान दुई विकेट लिए । पोखरा १६.५ ओभरमा ७१ रनमा अलआउट भएको थियो । पोखराका ओपनर दीपक बरालले १४ रन जोडे । सुमित श्रेष्ठले सर्वाधिक २६ रन बनाए । उनले ३९ बलमा तीन चौका प्रहार गरेका थिए । हेटौँडाका लागि असीम श्रेष्ठ र अकिलेश ठाकुरले समान तीन विकेट हात पारे ।

समूह ‘ए’अन्तर्गत सोमबार काठमाडौंले पोखराको सामना गर्नेछ । काठमाडौंको हारले हेटौँडा र स्याङ्जाको पनि अन्तिम चारको सम्भावना बढ्नेछ । अर्को खेलमा हेटौँडा र स्याङ्जाबिच हुनेछ ।