१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २७ बुधबार
  • Thursday, 17 April, 2025
२o८१ चैत २७ बुधबार १५:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हाइसले ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २७ बुधबार १५:१२:oo

कैलालीको जानकी गाउँपालिकामा गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। सु प प्र ०१–००१ ज १५९८ नम्बरको हाइस गाडीले जानकी– ५ अमौरामा बिहान ५ बजेतिर साइकलयात्रीलाई ठक्कर दिएको हो।

दुर्घटनामा जानकी– ५ की ४४ वर्षीया किहरू बडुवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनी श्रीमानले चलाएको साइकलको पछाडि बसेकी थिइन्।

गाडीको ठक्करबाट उनका पति ५५ वर्षीय मानबहादुर बडुवाल गम्भीर घाइते भएका छन्। घाइते बडुवालको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक नवीनराजा बुढाथोकीले जानकारी दिए। टीकापुरबाट लम्कीतिर गइरहेको हाइसले साइकलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको उनले बताए।