मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २४ आइतबार
  • Monday, 07 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २४ आइतबार १o:२६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल सुपर लिगमा एनसेलका दुई अफर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २४ आइतबार १o:२६:oo

जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफर ल्याएको छ । यी अफरअन्तर्गत ग्राहकले ‘सधैँ अन’ रिन्युअल प्याकमा दोब्बर डेटा र साना डेटा प्याकमा बोनस सेवा पाउनेछन् । यी दुवै अफर बिहीबारदेखि आगामी १६ वैशाखसम्म मान्य रहनेछन् ।

एनएसएल डबल डेटा अफरअन्तर्गत करसहित तीन सय ९९ रुपैयाँबाट सुरु हुने ‘सधैँ अन’ रिन्युअल प्याकमा ग्राहकले दोब्बर डेटा बोनसका रूपमा प्राप्त गर्नेछन् । ५० रुपैयाँमा २४ घण्टाका लागि मान्य अनलिमिटेड डेटा लिने ग्राहकले बोनसस्वरूप २० मिनेट एनसेलबाट अन्य एनसेल नम्बरमा कल गर्न सकिने टकटाइम प्राप्त गर्नेछन् । त्यस्तै, एक सय ५० रुपैयाँमा सात दिनसम्म मान्य हुने ७ जिबी डबल मज्जा प्याक किन्दा ग्राहकले बोनसका रूपमा थप २ जिबी डेटा बोनस प्राप्त गर्छन् ।
उदाहरणका लागि सात सय ९९ रुपैयाँको मासिक सधैँ अन रिन्युअल प्याक लिने ग्राहकले प्याकमा पाइने मुख्य सेवा ३० जिबी डेटा, सबै नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने सुविधा र ७९ वटा सबै नेटवर्कमा पठाउन सकिने एसएमएस सेवाबाहेक थप ३० जिबी बोनस डेटा प्राप्त गर्नेछन् । यो डबल डेटा बोनस अफर हाल सञ्चालनमा रहेका सबै प्याकका प्रयोगकर्ताका साथै यो अफर अवधिभित्र यी प्याक लिने नयाँ ग्राहकमा पनि लागू हुने बताइएको छ । 

हाल एनसेलले ‘सधैँ अन’अन्तर्गत डेटा, भ्वाइस र एसएमएस सेवा बन्डलसहित ६ वटा मासिक रिन्युअल प्याक प्रदान गरिरहेको छ । प्रत्येक प्याकमा निःशुल्क अनलिमिटेड युट्युब डेटा र राति ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड इन्टरनेट चलाउन मिल्ने नाइट डेटा पनि समावेश छन् । करसहित ७९९, ९९९ र १,४९९ रुपैयाँको रिन्युअल प्याक ३० दिनसम्म मान्य रहनेछ भने प्रतिदिन एक हजारका दरले अधिकतम १० हजारसम्मको अस्पताल भर्ना बिमा सुविधा पनि पाइने एनसेलको भनाइ छ ।