मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १९ मंगलबार
  • Wednesday, 02 April, 2025
२o८१ चैत १९ मंगलबार o९:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीको सर्वदलीय बैठक एक घण्टा ढिलो सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १९ मंगलबार o९:३o:oo

बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात दलको बैठक सुरु भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले मंगलबार (आज) बिहान ८ बजेका लागि बोलाएको बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलो गरि सुरु भएको हो । 

चैत १८ सोमबार अपराह्न ४:३० बजेका लागि बोलाएको सर्वदलीय बैठक सार्दै सभामुख पाठकले मंगलबार बिहान ८ बजेका लागि बैठक बोलाएका थिए । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सातमध्ये ६ दलको उपस्थिति रहेको छ । नेमकिपा सर्वदलीय बैठकमा सहभागी छैन ।

सभामुख पाठकले पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेश सभा सञ्चालनका विषयहरू टुंग्याउन सर्वदलीय बैठक आह्वान गरेको जानकारी दिए । विगतका सहमति, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरेर अघि बढ्ने तयारी रहेको उनको भनाइ छ । 

सभामुख पाठकका अनुसार सत्तापक्ष र प्रतिपक्षबिचका राजनीतिक सहमति कार्यान्वयनका सवालमा छलफल गर्न पनि सर्वदलीय बैठक आह्वान गरिएको हो । बैठकले प्रदेश सभाको १९ चैतमा बस्ने बैठकका कार्यसूचीका विषयमा पनि निर्णय गर्ने सभामुख पाठकको भनाइ छ ।

११० सदस्यीय बागमती प्रदेश सभामा सात दलको प्रतिनिधित्व रहेको छ । जसमा कांग्रेस ३७, एमाले २७ (उपसभामुखसहित), राप्रपा १३ (सभामुखसहित), एकीकृत समाजवादी सात, नेमकिपा तीन र हाम्रो नेपाली पार्टीकाे दुई  सांसदसहित प्रतिनिधित्व रहेको छ ।