
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले पार्टी संगठनमा व्यापक फेरबदल र पुनर्संरचना गर्न चाहेको बताएका छन्। सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले यसका लागि तयार रहन नेताहरुलाई भने।
सबै व्यवस्थाको उत्कृष्टताको परीक्षा दिनुपर्ने भन्दै उनले गणतन्त्रमा पनि सुधार आवश्यक रहेको औंल्याए। ‘हालको संविधान र व्यवस्थाअन्तर्गत सुधारिएको अभ्यास र आवश्यक परिणामको लागि र यसलाई पास गराउन अब हामी नेतृत्व लिनेछौं, उनले भने, ‘यो सबैको लागि म संगठनमा भारी रूपमा फेरबदल र पुनर्संरचनामा जान चाहन्छु, यसको लागि सबैलाई तयार रहन भन्न चाहन्छु।’
रास्वपा अरू दलमा अवसर नपाए आउने ठाउँ नभएको भन्दै लामिछानेले आफ्नो दल देश बनाउन एक ठाउँमा आएर अभियानमा लाग्ने पार्टी रहेको जिकिर गरे।
अर्को प्रसंगमा लामिछानेले आफूहरुले राणा शासन र पन्चायत झेल्न नपरे पनि राज्यले गर्ने राजनीतिक प्रतिशोध अनुभूत गरेको भन्दै गणतन्त्र भनेको ओली र देउवा तन्त्र नभएको प्रष्ट पारे।
नख्खुमा बाढी पहिरोको चपेटामा परेका चार नागरिक बचाउन भिजिबिलिटी नपुगेको गृह मन्त्रालय र तीनकुनेमा चार हजारलाई सँभाल्न नसकेको सरकारले सबै शक्ति रास्वपालाई प्रहार गर्न प्रयोग गरिरहेको आरोप लगाए।